काठमाडौं । लामो रस्साकस्सीपछि राष्ट्र बैंकले १८ औं गभर्नर मंगलबार (जेठ ६) गते पाएको छ । अर्थविद डा. विश्वनाथ पौडेल गभर्नरको जिम्मेवारी (बुधबार जेठ ७ गते) सम्हालिसकेका छन् ।
अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीबाट पिएचडी सकेर ‘मास्टर’ (शिक्षक) बन्ने उदेश्यले नेपाल आएका पौडेल गभर्नर बन्न सफल भएका छन् ।
सुरुमा अमेरिकाबाट नेपाल फर्किदा धेरै मान्छे र आफन्तहरु चकित पर्ने गरेको गभर्नर पौडेल सुनाउँछन् । उनी भन्छन्, “अमेरिकाबाट नेपाल फर्किदा मलाई धेरै मान्छेले किन फर्केको होला भन्ने गरेका थिए, अहिलेपनि मलाई धेरै भाई बहिनीहरुले के गर्ने होला भनेर सोध्ने गरेका छन्, मैले भन्ने गरेको छु, यदि तिमी खुशि छौ तिमि बस यदी तिमी नेपालमा खुशि हुन्छौ नेपालमै बस।”
मानिसहरुलाई अर्थतन्त्रले जहाँ खुशि र खुशि हुन्छन् त्यहि नै बस्नु पर्ने गभर्नर पौडेलको भनाई छ ।
अर्थतन्त्रका धेरै विषय बजारले निर्धारण गर्ने गभर्नर पौडेल बताउँछन् । उनी अर्थतन्त्रले नै अब मानिसहरुको बसाई निर्धारण गर्ने बताउँछन् । बुधबार पदभार ग्रहण गर्दै गभर्नर पौडेलले भनेका छन्, “धेरै कानुन बनाएर बजारलाई नियन्त्रण गर्न चाहादैनौं, तर जनताको पैसाको सुरक्षा गर्न भने हामीले सबै प्रकारका उपायहरु अवलम्बन गर्छौ ।”
उनले नियमन कम र सुपरिवेक्षण बढि गर्ने योजना बनाएका छन् । मौद्रिक नीतिले सरकारको वित्त नीति कार्यान्वयनमा केही अवरोध गरेको भए परिमार्जन गर्दै जाने उनले बताए । उनले पहिलो काम मौद्रिक नीतिले तय गरेका विषयहरुलाई सफल बनाउनेतर्फ र अर्को काम सुपरीवेक्षण बढाउने भएको स्पष्ट पारे ।
नेपालका विभिन्न बैंकहरुमा सर्वसाधारणका धेरै पैसा बसेका र तिनीहरुको सुरक्षाका लागि सुपरीवेक्षण प्राथमिकतामा र्ने उनको भनाइ छ । उनले भने, “राष्ट्र बैंकको भुमिका महत्वपूर्ण छ सबैलाई थाहा नै छ । हामी दुईटा कुरालाई फोकस गर्छौं । एउटा मौद्रिक नीतिले तय गर्छ यसलाई सफल बनाउनका लागि र अर्को सुपरीवेक्षण नै हो । धेरै नियम बनाएर काम देखिँदैन त्यसैले सुपरीवेक्षणलाई बढाउँ भन्ने छ । बैंकको क्षमता बढाउने हो त्यसमाथि बैंकको मेजर काम सबैलाई थाहै छ । विभिन्न बैंकमा सर्वसाधारणका पैसा बसेका छन्, तिनीहरुको सुरक्षा गर्ने । ल्याण्डिङ पोलिसि राम्रो ल्याउने हो । ल्याण्डिङ पोलिसिहरु पोलिसीहरुको प्रयोग राम्रोसँग भएको छ छैन भनेर अनुगमन गर्ने । निरन्तर मूल्यांकन गर्नेलगायतका कार्यहरु प्राथमिकतामा छन् । त्यसैगरी मौद्रिक नीतिले तय गरेका कामहरु सम्पन्न गर्नु नै मुख्य उद्देश्य हुन्छ ।”
आजको भोली कानुन ल्याएर त्यसैमा सबैलाई कार्यान्वयन गर भनेर आफूले नभन्ने गभर्नर पौडेलको भनाई छ । गभर्नर पौडेलले थपे, “हामी धेरै सुपरीवेक्षणमा नै फोकस हुन्छौं । मैले पोलिसी मेकिङ सधैं सम्भावनारहित हुनुपर्छ भनेको छु । हाम्रो देशमा धेरै स्टेक होल्डरहरु छन् । सुरुमा म आफैं सोलुशन ल्याएर यसैलाई गरौं भन्ने पक्षमा पनि छैन । सबैलाई मैले के भनेको छु भने एकदिन अगाडि मौद्रिक नीति ल्याएर यसैमा सबैलाई जबरजस्ती गराउने हैन । नीतिका विषयमा सम्बन्धित पक्षहरुसँग छलफल नै गर्छु पहिला । त्यसको आधारमा मौद्रिक नीति तय हुन्छ । त्यसैले सबैले राम्रो सोच्नुपर्ने हुन्छ । हामीले अहिले दिएका अधिकारहरु प्रयोग गर्ने हो र ऐनअनुसार काम गर्ने हो । दिएका अधिकारहरु प्रयोग गरेरै काम गर्ने हो त्यसका लागि नेपाल राष्ट्र बैंकका सम्पूर्ण कर्मचारीको एकमत रहन्छ ।”
प्रतिक्रिया दिनुहोस्