Skip to content
Shikhar Insurance
National Life

सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसदको संयुक्त सदनमा प्रश्तुत गर्नुभएको सरकारको अगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बुहमत पारित भएको छ ।

सभाको आईतवारको बैठकमा सभामुख देवराज घिमिरेले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्णयार्थ प्रश्तुत गरेका थिए । नीति तथा कार्यक्रमको सत्तापक्ष र विपक्षी दलका सांसदहरु पक्ष र विपक्षमा मतदान गरेका थिए ।

यसअघि नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । सरकारले अब नीति तथा कार्यक्रमका आधारमा अगामि आर्थिक वर्षको बजेट निर्माण गर्नेछ । जेष्ठ १५ गते वार्शिक बजेट अर्थमन्त्रीले बजेट प्रश्तुत गर्नुपर्ने संवधैधानिक व्यवस्था छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्