Shikhar Insurance
National Life

पुन: भूमि बैंकको स्थापना गर्ने तयारीमा सरकार

सिंहदरबार संवाददाता
२०८१ चैत्र ५, मंगलवार १६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक बनाउने प्रक्रिया पुन: शुरु गर्न लागेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भूमि बैंक बनाउने कुरा विगतमा पनि आएको तर बिरोध भएपछि रोकिएको भन्दै अहिलेको सरकारले पुन: भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल शुरु गरेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले राम्रो काम गर्दा बिरोध शुरु हुने गरेको भन्दै बिरोधका लागि बिरोध नगर्न आग्रह गरे । उनले भूमि सम्बन्धी अध्यादेश भूमि सम्बन्धी समस्याहरु समाधानका लागि छोटो बाटोबाट समस्या समाधान गर्न भूमि सम्बन्धी अध्यादेश ल्याएको भएपनि अब ऐन नै ल्याउने तयारी गरेको बताए ।

उनले भनेृे, ‘मैले यो अध्यादेश ल्याएपछि विभिन्न मञ्चहरुमा भनेको छु, अध्यादेश गहिराईमा गएर हेरियोस् । बहस गर्न म तयार छु । हामी एकातिर समस्याको हल गर्ने पनि भनेका छौँ । अर्कोतिर समस्या हल गर्न सरकारले खोजेको छ की छैन ? भन्ने बुझ्ने र खोजेको रहेनछ भने त्यसलाई कसरी अघि बढाउने भन्नेकुराहरु पनि हुन्छन् । भन्ने र गर्नेमा फरक छ । सरकारले दुई वटा पाटोबाट जान्छ । हामीले छोटो बाटोबाट जानेगरी यो अध्यादेश ल्याएका थियौँ । हामी ऐन बनाउने तयारी पनि गरिरहेका छौँ । एउटा नयाँ ऐन नै बनाएर ल्याउन सम्माननीय प्रधानमन्त्रीले निर्देशन नै गर्नुभएको छ । अब पुरानो ऐनबाट हुँदैन । सबै मन्त्रालयले नयाँ ऐन ड्राफ्ट गर्नुस् भन्नुभएको छ । हामीले भूमि बैंक बनाउने कुरा अघि बढायौँ । भूमि बैंक बनाउने भनेको कहाँ कस्ता जग्गा छन् त्यो जानकारी राख्ने हो । तर भूमि बैंक बनाउने कुरामा पनि विगतमा बिरोध भएर त्यत्तिकै छ । काम शुरु गर्न थाल्यो बिरोध हुन्छ । हामी फेरि यो काम अघि बढाउने सोचमा छौँ । छलफल भइरहेको छ ।’

मन्त्री अधिकारीले भूमि व्यवस्था समस्या आयोगले आफ्ना कामहरु शुरु गरेको र वास्तविक सुकुम्वासी र भूमिहिनलाई सरकारको नियमानुसार जग्गा उपलब्ध गराउने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्