काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
उनले ‘समयमै नदी र खोलाहरुलाई सफा गर्ने, बाँध लगाउने जस्ता कामहरु सरकारले गरिरहेको पनि उल्लेख गरे । उनले अधिकार सम्पन्न वागमती सभ्यताबाट नदीहरु सफाई गर्ने कार्य शुरु गरिसकको बताए ।
उनले अचानक आउने विपद्बाट हुने क्षति न्युनिकरणका लागि सरकारले यस पटकदेखि सानो भएपनि तत्काल अर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको बताए ।
उपप्रधानमन्त्री सिंहले भने, ‘समयमै नदी र खोलाहरुलाई क्लिन गर्ने, बाँध लगाउने गरेको खण्डमा त्यसबाट धेरै हदसम्म क्षति कम हुने सुझाव आएको छ । त्यो सकारात्मक छ । हामीले अधिकार सम्पन्न वागमती सभ्यताबाट नै हामीले नदीहरु सफाई गर्ने कार्य शुरु भइसकेको छ । अचानक बाढी आउँछ, पुलहरु ड्यामेज हुन्छन्, बजेट पहिला तत्काल प्रयोग गर्न बजेट थिएन । तर अहिले हामीले विपद् हुँदा त्यसलाई सम्बोधन गर्न बजेट राख्नुपर्छ भनेर सानो भएपनि शुरुवात गरेका छौँ । मनसुनबारे पूर्वसूचना अनुसार हामी मन्त्रालयबाट आवश्यक तयारीका काम शुरु गरिसकेका छौँ ।’
उपप्रधानमन्त्री सिंहले विगतमा भएका कामबाट सिकेर अघि बढ्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्