Shikhar Insurance
National Life

सरकारले नेपाललाई श्रीलंका हुनबाट जोगाएको छ: मन्त्री गुरुङ

सिंहदरबार संवाददाता
२०८१ चैत्र ३, आईतवार १३:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् । विज्ञापन प्रवर्द्धनमा विज्ञापन एजेन्सीको भुमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरे । उनले अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भएपनि वाञ्छित सफलता हाँसिल गर्न नसकिरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकारले श्रीलंका हुनबाट भने जोगाएको जिकिर गर्दै सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या रहेको बताए । भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छाएको बताए ।

मन्त्री गुरुङले भने, ‘पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसकेर हो भन्नेकुरा हामीले महशुस गरेका छौँ । हाम्रो मूल्यांकनमा त्यही कुरा छ । यो सबै समस्याको समाधानमा हामी लागेका छौँ । आजको दिनमा बढ्दै गएको अर्थतन्त्रको समस्या सुधार्न हामी कति धेरै प्रयत्न गरिरहेका छौँ । तर अझै पनि हामीले चाहेअनुसारको वाञ्छित सफलता हाँसिल गर्न सकेका छैनौँ । बिस्तार बिस्तार श्रीलंका हुनबाट जोगाइएको छ । सरकारले गरेको पहिलो काम भनेको नेपाललाई श्रीलंका हुनबाट जोगाएको हो । या असफल राष्ट्र हुनबाट जोगाइएको छ । सुशासन आज सबैभन्दा ठूलो समस्या हो । सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या हो । भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छ ।’

मन्त्री गुरुङले विद्यमान ऐन, कानूनहरु अस्पष्ट रहेकाले सरकारले त्यसलाई समाधान गर्न आवश्यक काम गरिरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्