Skip to content
Shikhar Insurance
National Life

सरकारले योजना बैंकलाई स्वार्थपूर्ति गर्ने हतियार बनायो: सांसद बस्नेत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले आफ्नो स्वार्थ पूरा गर्नका लागि योजना बैंकलाई सरकारले हतियार बनाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद बस्नेतले सत्ता पक्षले तथ्यलाई धुवाँको पर्दाले छोप्ने कोशिस गरेको आरोप लगाएका हुन् ।

उनले बजेटमा एकातिर तीन करोडभन्दा कमका योजनाहरु हटाइएको भन्ने तर बजेट कितावमा भने १ लाखदेखि १० लाखसम्मका योजना समावेश गरिएको बताउँदै कस्ता योजना घटाइयो र कस्ता योजना कायम गरियो भनेर तुलनात्मक अध्ययन गरिनुपर्ने बताए ।

सांसद बस्नेतले चार हजार योजना घटाएर भयंकर मितव्ययी काम गरियो भनेर गफ गर्ने तर वास्तविकता अर्कै रहेको धारणा राखे । बजेट कितावमा आधाभन्दा धेरै योजनाहरु तीन करोडभन्दा तलमात्र होइन २० देखि २५ लाखसम्म रहेको उनको दाबी थियो ।

सांसद बस्नेतले भने, ‘अहिले हामी विनियोजन विधेयकका बारेमा छलफल गरिरहेका छौं । यो सन्दर्भमा मलाई के लाग्छ भने कम्तिमा पनि तथ्यलाई नांगो रुपले छोप्ने र धुँवाको पर्दा लगाएर छोप्ने कोशिस नगरौं । धेरै सकारात्मक सकारात्मक कुराहरुपनि गरिरहनुभएको छ । तीन करोडभन्दा तलका योजना छैनन् नै भनिरहनु भएको छ । यहाँ आधाभन्दा धेरै योजनाहरु तीन करोडभन्दा तलमात्र होइन २५ लाख, २० लाखसम्मका छन् । ती पुराना र क्रमागत योजनालाई सम्पन्न गर्नका लागि होइन, नयाँ योजनाहरु शुरु गर्नका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ, २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।’

उनले बजेटको सिद्धान्त र प्राथमिकता, बजेट निर्माण प्रक्रिया, कार्यक्रमिक विनियोजन अथवा राष्ट्रको आवश्यकता र जनताको अपेक्षालाई बजेटले सम्बोधन गर्न नसकेको दाबी गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्