Shikhar Insurance
National Life

पर्यटन गन्तव्य बनाउँदा सरकार प्राथमिकीकरणको विषयमा अल्झिँदैन: मन्त्री पाण्डे

सिंहदरबार संवाददाता
२०८१ पुष १९, शुक्रबार १८:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले नेपालको हरेक ठाउँहरु पर्यटकीय गन्तव्य बनाउनुपर्ने भएकाले सरकार प्राथमिकताका आधारमा अघि बढ्ने बताउँदै पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने निकायहरु प्राथमिकिकरणको विषयमा अल्झिरहेकाले योजनाहरु समयमै सम्पन्न गर्न नसकिएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगै तीनै तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताउँदै देशभरका होटलहरुको स्तरअनुसारको मापदण्ड बनाउनका लागि मन्त्रालयले कार्यदल गठन गरेको समेत बताए । मन्त्री पाण्डेले स्तरअनुसारका होटल मादण्डअनुसार नचल्दा समस्या भएको भन्दै यस्तो निर्णय लिएको बताए । उनले देशभर निर्माण हुने पदमार्गको मादण्ड बनाउन मन्त्रालय गृहकार्यमा जुटेको समेत उल्लेख गरे ।

उनले भने, ‘पर्यटन बोर्ड अथवा पर्यटन विभागतिर पर्यटन गन्तव्य बनाइदिन भन्दै धेरै प्रश्तावहरु आउने गरेका छन् । नेपालको कुन त्यस्तो टकुरा छैन ? कुन त्यस्तो भुगोल छैन ? जैविक विविधतादेखि लिएर विभिन्न कारणले पर्यटन गन्तव्य बनाउनुपर्ने ठाउँहरु छन् । त्यसलाई प्राथमिकिकरण कसरी गर्ने ? प्राथमिकताहरुको प्राथमिकिकरण कसरी गर्ने भन्नेमा हामी सबैको ध्यान जानुपर्छ ।’

‘मेचीदेखि महाकालीसम्म खोलिन होटल र होटलको मापदण्ड एउटै भएन भनेदेखि अफ्ठ्यारो पर्छ भनेर त्यसमा स्थानीय तह र प्रदेश तह समेत संलग्न भएको विषय समितिलाई सक्रिय बनाएर त्यसको मापदण्ड गर्ने एउटा कार्यदल बनाएका छौं । मापदण्ड तयारी हुँदैछ । एक प्रकारको मापदण्ड अनुसार बनाउन सकेनौँ भने पैदलयात्रीको दुर्घटनाको कारण बन्न सक्दो रहेछ । यी विषयहरुमा हामी हरेक ठाउँमा अगाडि राखेका छौँ’ उनले बताए ।

उनले पर्यटन प्रवर्द्धन गर्नको लागि सरोकारवाला सबै निकायहरुले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्