काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षले कमिसन मागेको काण्डबारे संसदमा निरन्तर कुरा उठिरहेको छ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले धितोपत्र बोर्डका अध्यक्षको कमिसन काण्डबारे सरकारसँग जवाफ माग गरेका छन् । बिहिबार संसदको शुन्य समयमा बोल्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका सांसद खतिवडाले धितोपत्र बोर्डका अध्यक्षले उर्जा उत्पादकहरुसँग कमिसन मागेको बिषयमा सरकारसँग जवाफ माग गरेका हुन् । सांसद खतिवडाले नेपालीहरुले भ्रष्टाचार गरेर विदेशभा लगेको धन नेपाल फिर्ता सरकारले नै नचाहेको भन्ने अख्तियार प्रमुखको धारणाको बिषय पनि उठान गरेका छन् । नेपालीहरुले बिदेशमा थुपारेको धन नेपाल फिर्ता गराउन सरकारले अख्तियारलाई सघाउनुपर्नेमा पनि उनले जोड दिए । साथै, उनले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
बुधबारको संसद बैठकमा माओवादी सांसद माधव सापकोटा र राप्रपा सांसद रोशन कार्कीले धितोपत्र बोर्डका अध्यक्षमाथि तत्काल छानविन गरि कारवाही गर्न माग गरेका थिए । बुधबारै अख्तियारको टोलीले धितोपत्र बोर्डमा छापा मारेर कागजात जफत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्