Skip to content
Shikhar Insurance
National Life

माघ १८ गतेदेखि संसद अधिवेशन बोलाउने सरकारको निर्णय

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले माघ १८ गते संसद अधिवेशन बोलाउने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रवार १ बजेका लागि संसद अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदको आगामी अधिवशेन माघ १८ गते बोलाउने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘संसदको आगामी अधिवेशन माघ १८ गते शुक्रवार बोलाउने निर्णय भयो ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरकारले माघ १८ गते शुक्रवार दिनको १ बजे सदन बोलाउने निर्णय गरेको जानकारी दिए । मन्त्री गुप्ताले प्रतिपक्ष दलहरुले कहिलेबाट संसद बोलाउने भन्ने प्रश्न गरिरहेको भन्दै त्यसको जवाफ प्राप्त भएको पनि बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्