Skip to content
Shikhar Insurance
National Life

एनआरएनसँग देशको समृद्धिका लागि सहकार्य गर्न सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

Hyundai
NCELL
NIMB

मस्कट । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग सहकार्य गर्दै देशको समृद्धिका लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा समेत गैरआवासीय नेपालीको मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने उपप्रधानमन्त्री खड्काले व्यक्त गरे । ओमानको राजधानी मस्कटमा खड्काले बुधबार आयोजित ८औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै काम गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारले एनआरएनका विषयलाई गम्भीरतापूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताए । उनले संविधानले परिकल्पनागरे अनुसार नागरिकता ऐन आएको भन्दै छिट्टै नियमावलीको काम सक्ने गरी काम सुरु जानकारीसमेत दिए ।

सरकार र सिंगो संसद एनआरएनएको पक्षमा रहेको समेत उपप्रधानमन्त्री खड्काले दाबी गरे ।विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै बेहोर्ने जानकारी दिए । उपप्रधानमन्त्री खड्काले विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई देशको हितमा लगाउनसमेत गैरआवासीय नेपालीहरुलाई आग्रह गरे ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष डा. बद्री केसीले अब एनआरएनए हेर्ने गरी छुट्टै मन्त्रालय चाहिने बताए । ‘अहिले ८७ देशमा १ लाख १० हजार जना सदस्य छन्, विश्वभर ७० लाख भन्दा बढी गैरआवासीय नेपाली छन्’, उनले भने, ‘ठूलो आकार लिइसकेको एनआरएनएलाई हेर्ने गरी अब छुट्टै मन्त्रालय चाहिन्छ ।’

सम्मेलनमा मध्यपूर्वसहित युरोप, अमेरिका जापानलगायत विभिन्न मुलुकका करिब ५ सय जना प्रतिनिधिको सहभागिता रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्