काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ६०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ९१० रुपैयाँमा किनबेच भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँ खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्