काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ । बुधबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १० रुपैयाँ बढेर प्रतितोला १९ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्