काठमाडौं । नेपाली बजारमा फेरी आज पनि सुनको भाउ बढेको छ । बिहिबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन सुन १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ भने १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ९५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्