काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन (शुक्रबार) १ लाख ७५ हजार रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्