काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबारको सुन १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ भने अघिल्लो दिन चाँदी १ हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्