काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबारसुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतीतोला १५ रुपैयाँले घटेर १ हजार ९८० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबारको चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्