काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढेको छ । शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँ बढेर ऐतिहासिक रेकर्ड विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ९२ हजार ९ सय रुपैयाँमा किनबेच भएको छ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्