Skip to content
Shikhar Insurance
National Life

एकैदिन ३ हजार ६०० रुपैयाँ बढ्यो सुनको भाउ, प्रतितोला १ लाख ९० हजारमाथि

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । अघिल्लो दिन अर्थात बुधबार रेकर्ड बनाएको सुनको मूल्यले बिहिबार सो रेकर्ड तोडेर नयाँ उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँ बढेको हो। अघिल्लो दिन सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । बुधबार तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्