काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला १ हजार ७०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर भएको छ । चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्