Skip to content
Shikhar Insurance
National Life

आज पनि बढ्यो सुनको भाउ, प्रतितोला १ लाख ७० हजारमाथि

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ उकालो लागेको छ । बुधबार छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ५० रुपैयाँमा खरिदबिक्री भएको छ । हिजो चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्