काठमाडौं । साताको तेस्रो कारोबार दिन सुन मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन (सोमबार) प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार चाँदी १ हजार ९ सय ७० रुपैयाँमा खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्