काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ । आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन (शुक्रबार) सुन १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी १ हजार ९४५ रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्