काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिले दिन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्