काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । आइतबार छापावाला सुन प्रतितोला एक हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ७० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन (शुक्रबार) छापावाल सुन प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको चाँदी एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्