काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान रचेको छ । बिहिबार सुन प्रतितोला ५ हजार ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ७५ हजार ४ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन चाँदी प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्