Skip to content
Shikhar Insurance
National Life

सुन चाँदी पूर्ण रुपमा खुला गर्नुपर्छ: सभापति देउवा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सुन,चाँदी खरिदका लागि पूर्ण रुपमा खुला गर्नुपर्ने बताएका छन् ।

काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले काठमाडौंमा सुनको व्यापार गर्नेहरुलाई बोलाएर सोध्दा चोरीको सुनबाट गहना बनाउनुपरेको गुनासो गरेको भन्दै नेपालमा सुन पूर्ण रुपमा खुला गर्नुपर्ने बताए । उनले आफू प्रधानमन्त्री रहेको बेलामा पनि आफूले सुन पूरा रुपमा खोलेको बताउँदै सुन पूर्ण रुपमा खोल्न रोक्न नहुने बताए ।

पूर्ण रुपमा खोल्दा चोरी हुन नसक्ने र विचौलिया, बद्मासी र तस्कर गर्नेहरुलाई फाइदा नहुने जिकिर गर्दै सुन पूर्ण रुपमा नखौल्नु बद्मासी भएको बताए । मानिसहरु नोटमा विश्वास नगर्ने तर सुनमा विश्वास गर्ने गरेको उल्लेख गरे ।

सभापति देउवाले भने, ‘मैले काठमाडौंका सुन व्यापारीहरुलाई बोलाएर सोधेँ । उहाँहरुले चोरीको सुनले बनाउनुपरेको छ भन्दै हुनुहुन्छ । सुन खोल्नलाई किन रोक्नुपर्‍यो । मैले खोलेकै हो पहिला सुन । मेरो कुरा भनेको सुन पूरै खोलिदिने । चोरी पनि हुँदैन केही पनि हुँदैन । सुन किन रोकिरहेको छ ? यो बद्मासीपूर्ण कुरा हो । नेपालीहरु सबैले गहना लगाउँछ, हामी कहाँ धेरै गहना महिलाहरुले लगाउँछ, अरुले पनि लगाउँछ । गहना आवश्यक छ । नेपालमा सुनचाँदी अहिले पनि साँच्चै भन्ने हो भने नोटमा कोही विश्वास गर्दैन सुनमा विश्वास गर्दछ, के गर्नुहुन्छ ? नेपालमा सुन र चाँदी पूराका पूरा आउन दिनुपर्छ । रोक्नुहुँदैन । विचौलिया, बद्मासी र तस्कर गर्नेहरुलाई फाइदा हुन्छ । सुन पूरा खोल्नुपर्छ भन्ने मेरो धारणा छ । त्यो खोल्नुपर्छ ।’

सभापति देउवाले भ्रष्टाचार रोक्न अझै व्यापक छलफल गरेर भ्रष्टाचार न्युनिकरणमा जोड दिनुपर्ने बताए । अहिले नेपालमा व्यापारीहरुले दैनिक २० किलोसम्म सुन आयात गर्नसक्ने नीतिगत व्यवस्था छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्