काठमाडौं । बिहिबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बढेको छ । बिहिबार सुन प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर २ हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्