काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १९ सय ९५ रुपैयाँमा किनबेच भएको छ । हिजो चाँदीको भाउ तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्