Skip to content
Shikhar Insurance
National Life

गोदरेजले ल्यायो ३० हजारसम्मको क्यासब्याकसहित आकर्षक उपहार अफर

Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ वर्ष २०८२ को उत्साहजनक अवसरलाई स्वागत गर्दै, गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान सार्वजनिक गरेको छ । कम्पनीले घरमा खुसी र ऊर्जा थप्न, गोदरेजले ३० हजारसम्मको क्यासब्याक र आकर्षक उपहारसहित नयाँ वर्षको विशेष अफर प्रस्तुत गरेको हाे ।

अभियानका मुख्य आकर्षणहरू:
• Chest Freezers र Single Door Refrigerators मा आकर्षक क्यासब्याक
• Double Door Refrigerators मा निशुल्क फ्राइ प्यान वा कासेरोल
• Side-by-Side Refrigerators मा निशुल्क मिक्सर ग्राइन्डर
• Washing Machines (Top Load र Twin Tub) मा निशुल्क Ariel Matic डिटर्जेन्ट (4kg/2kg)
• Microwave Ovens मा निशुल्क कुकिंग किट
• Air Conditioners मा निशुल्क इन्स्टलेसन
• निशुल्क डेलिभरी र इन्स्टलेसन
• Washing Machine Motor मा १० वर्षको वारेन्टी

सुविधाजनक खरीदका लागि:
• 0% ब्याजमा EMI सुविधा उपलब्ध
• पुराना सामान साट्ने CGX Elex सुविधा

यस अफर सम्पूर्ण नेपालभरिका CG Electronics को गोदरेज आउटलेटहरूमा उपलब्ध रहेकाे कम्पनीले जनाएको छ । सीमित समयका लागि लागू हुने यो योजना अन्तर्गत ग्राहकहरूले आफ्नो घरलाई आधुनिक, स्मार्ट, र आरामदायी बनाउनको लागि उत्कृष्ट अवसर पाउन सक्ने कम्पनीले जनाएको छ ।

गोदरेज एक उच्च विश्वासिलो ब्रान्ड हो जसले आधुनिक प्रविधि र परम्पराको संयोजनमार्फत नेपाली घरहरूमा खुसी र सजिलो जीवनशैली ल्याउन प्रयास गर्दै आएको छ। टिकाउ र उच्च गुणस्तरीय होम अप्लायन्समार्फत, गोदरेजले आफ्नो स्थानलाई दिगो र प्रभावकारी बनाइरहेको छ।

सीजी इलेक्ट्रोनिक्स, CG Corp Global को एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो। उपभोक्ता अनुभवलाई सुदृढ पार्दै, प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्क मार्फत बजार पहुँच विस्तार गर्दै आएको छ। सीजी इलेक्ट्रोनिक्सको गोदरेजसँगको साझेदारीले ग्राहकहरूलाई आधुनिक र दिगो समाधानहरू प्रदान गर्दै जीवनशैलीमा सुधार गर्न मद्दत पुर्‍याएको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्