Skip to content
Shikhar Insurance
National Life

चैत ४ गतेदेखि विश्वभर ‘ग्लोबल मनी विक-२०२५’ मनाइँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा चैत ४ गतेदेखि चैत १० गतेसम्म ‘ग्लोबल मनी विक’ मनाइने भएको छ । ‘अर्गनाइजेसन अफ इकोनोमी को ओपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा ‘ग्लोबल मनी विक २०२५’ मनाउन लागिएको हो ।

यस वर्ष ‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ नाराका साथ १३ औँ शृङ्खलामा मनाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । यस साप्ताहिक कार्यक्रममार्फत बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अधिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप, मनोवृत्ति र व्यवहारको विकास गर्ने राष्ट्र बैंकले अपेक्षा गरेको छ ।

ग्लोबल मनी वीक युवाहरूमा वित्तीय शिक्षाको महत्त्वबारेमा जागरण ल्याउने उद्देश्यले २०१२ देखि मनाइदै आइरहेको छ । यो हरेक वर्ष मनाइने साप्ताहिक अभियान हो ।

यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ । सप्ताहव्यापी कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहन्छ ।

यसका अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला सङ्घसंस्थाहरू पनि यस अभियानमा आबद्ध हुन सक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था र निकायहरूलाई ग्लोबल मनी विक भव्य रूपमा मनाउनका लागि आह्वान गर्दै आफ्ना कार्यक्रमहरूको जानकारी उपलब्ध गराउन राष्ट्र बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्