Skip to content
Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ५३ करोड, ईपीएस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशत बढी हो ।

गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेर खुद ब्याज आम्दानी १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ पुगेकाे छ ।

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेर १५ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ, सञ्चालन मुनाफा ३४.४१ प्रतिशत बढेर ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ र वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ सञ्चित छ । बैंकको तेस्रो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा, पीइ रेसियो १३.७९, एनपीएल ४.९८ प्रतिशत, इपीएस १५.८६ रुपैयाँ र बेस रेट ६.३० रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्