Skip to content
Shikhar Insurance
National Life

ग्लोवल आइएमई बैंकद्वारा ‘ग्लोवल स्काई क्लव कार्ड’ सार्वजनिक, पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोवल आइएमई बैक लिमिटेडले यती एयरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लव कार्ड’ शुभारम्भ गरेको छ ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्डको अनावरण गरेका छन् ।

ग्लोवल स्काई क्लव कार्डवाहकहरुले यती एयरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउनुहुनेछ भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरुप नि:शुल्क टिकट पाइने बताइएको छ ।

साथै, ग्लोवल स्काई क्लव कार्ड लिँदा १०० प्वाइन्ट बोनश प्राप्त हुनेछ । बोनश प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरुको लागि प्रयोग गर्न सकिनेछ । ग्लोवल स्काई क्लव कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक एक सय रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुने ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए ।

कार्डबाहक ग्राहकहरुले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुबिधा पनि पाउने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्