Skip to content
Shikhar Insurance
National Life

महासचिव गुरुङको आरोप: ‘बजेट यथास्थितिवादी, मुलुक दलाल पुँजीवादको कब्जामा’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट यथास्थितिवादी भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो टिप्पणी गरेका हुन् ।

राजश्व संकलन न्युन हुँदाहुँदै पनि सरकारले बजेटको आकार अत्यन्त ठूलो बनाएको उनको भनाइ छ । राजश्व संकलन न्यून र चुहावट धेरै भएको उल्लेख गर्दै उहाँले राजश्वले चालु खर्च धान्न समेत नसक्ने बताए ।

उनले भने, ‘बजेट अग्रगामी बजेटको रुपमा आएको छैन । बजेट यथास्थितिवादी बजेटको अवस्थामा रहेको छ । मुुलुकको स्रोत साधनको हिसाबले राजश्व जति संकलन हुनुपर्ने हो त्यति हुन सकेको छैन । र बजेटको आकार अत्यन्तै ठूलो आकारमा आएको छ । राजश्व संकलन अत्यन्तै न्यून छ । राजश्व चुहावटको समस्या छ । अनियमितताको समस्या छ । जसले गर्दा जति राजश्व उठ्नुपर्ने हो त्यति राजश्व उठिरहेको छैन । राजश्वले सामान्य चालु खर्च समेत धान्न सक्ने अवस्था छैन । त्यसकारण अन्य खर्चहरु पनि ऋणबाट धान्नुपर्ने देखिन्छ ।’

महासचिव गुरुङले नेपालको सत्ता अझै पनि एकाधिकार दलाल पुँजीवादको नियन्त्रणमा रहेको आरोप लगाए । राजतन्त्रको अन्त्यपछि दलाल पुँजीवाद मुल प्रवृत्तिको रूपमा भित्रिएको उनको आरोप छ । उनले विश्व साम्राज्यवाद नेपालजस्ता देशहरूमा स्थायित्व नभई द्वन्द्व चाहने गरेको समेत बताए ।

उनले विश्व साम्राज्यवादलाई नेपाललाई युद्धको क्रिडास्थल बनाउने चाहना रहेको समेत दाबी गर्दै लामो समयसम्म पनि संक्रमणकालीन न्याय (टिआरसी) टुंग्याउन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले दलाल पुँजीवादीहरुको प्रभुत्वको कारण टिआरसीको समस्या अहिलेसम्म पनि हल हुन नसकेको जिकिर गरे ।

उनले भने, ‘अहिले मुलुकमा संक्रमणकालीन न्याय ९टिआरसी०हरुको सम्बन्धमा समस्याहरुको हल हुन्छ कि हुदैन ? भन्ने प्रश्न छ । १७, १८ वर्ष बितिसक्दा पनि यो समस्या हल हुन सकेको छैन । राजतन्त्र विस्थापित भइसकेपछि नेपालको सन्दर्भमा एकाधिकार दलाल पूँजीवाद नै मुल प्रभुत्वको रुपमा रहेको छ । एकाधिकार दलाल पुँजीवाद भनेको कमिशनतन्त्र र भ्रष्टाचारीतन्त्रमा चल्ने एजेन्सीहरुको संस्था हो ।’

‘बहुराष्ट्रिय कम्पनीहरुसँग जोडिएको र ग्लोबल पावरसँग जोडिएको संस्था नै एजेन्सीहरुको संस्था हो । त्यही ग्लोबल पावरसँग जोडिएको संस्था भएको हुनाले माक्सवादीहरुले अहिलेको युगलाई साम्राज्यवादको युग भनेर पनि भनेका छन् । यसको सम्पर्क सम्बन्ध भनेको साम्राज्यवादसँग जोडिन्छ । यतिखेर विश्व साम्राज्यवाद के चाहन्छ त भन्दाखेरी नेपाल लगायतका देशहरुमा शान्ती चाहादैन । स्थिरता चाहँदैन र स्थायित्व पनि चाहादैन । त्यहाँ द्वन्द्व र युद्ध चाहन्छ । युद्धको क्रिडास्थल बनाउन चाहन्छ’ उनले भने ।

उनले वर्तमान सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप समेत लगाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्