काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारणसभा आज बस्दै छ । कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले जेठ १६ गते चितवनको भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा बस्ने भएको छ ।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस हुने गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण अनुमोदन गर्नेछ।
सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभाले सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवासुविधा स्वीकृत गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेको छ । जेठ ७ गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरु मात्रै सभामा भाग लिन पाउँनेछन ।
प्रतिक्रिया दिनुहोस्