Skip to content
Shikhar Insurance
National Life

नेपालबाट भारत कवाड सामाग्री तस्करी गर्ने गिरोह सक्रिय, स्वदेशी उद्योग मारमा

Hyundai
NCELL
NIMB

काठमाडौं । देशभर जम्मा हुने कवाड स्क्रयाब सामाग्री तस्करी गर्ने गिरोह सक्रिय बनेका छन् । दैनिक हजारौं टन कवाड सामाग्री भारततर्फ निर्यात हुने गरेको हो ।

फोहोरका रुपमा रहने पानीको बोतल, रेडबुलको बोतल पुन: प्रयोग गरी विभिन्न सामाग्री उत्पादन गर्न सकिन्छ । यसका लागि नेपाली उद्योगरुले पनि अर्बौ लगानी गरी उद्योगहरु संचालन गरेका छन् । तर तस्करहरुले धेरै पैसा आउने लोभमा नेपाली उद्योगीलाई कवाड सामाग्री बिक्री नगरी अवैध रुपमा भारत पठाउने गरेका छन् ।

यसरी तस्करहरुले देशभरबाट कवाड संकलन गरी सिमावर्ति जिल्लाहरुमा जम्मा बनाएर पठाउने गरेका छन् । एक जिल्लाबाट अर्को जिल्लामा ओसार-पोसार गर्न नक्कली बिल बिजक बनाई तस्करहरुले कवाड सामाग्रीहरु जम्मा गर्ने गरेका छन् । यसरी जम्मा गरेको कवाड सामाग्री सिमावर्ति जिल्लाहरुमा जम्मा पारी रातको समयमा भारततर्फ निकासी गर्ने गरिएको छ ।

पछिल्लो समय रूपन्देही जिल्लाबाट अवैध रुपमा सामान ओसार पसार भैरहका छन् । नेपाल- भारत  सिमाना छोटकी पिप्राहिया , सेसफरिना बाट भारतको केउटालिया तर्फ ठूलो मात्रामा प्लाष्टिक जन्य कवाढ र अन्य कवाड सामानहरूको चोरी निकाशी भईरहेको छ, जुन भारत र नेपालको कानुन अनुसार पुर्ण रूपमा गैरकानुनी कार्य हो।

सोनु , गुलाव , उमेश र बिरेन्दर नाम गरेका क्यारियरहरूले हाल प्रत्येक राती २ बजे देखि ४ बजे सम्म रिक्सा तथा गाडीमा सामाग्रीहरु राखी तस्करी गरिरहेको एक उद्योगीले बताए । ती उद्योगीले भने “नेपालमै सम्भावना छ भनेर ऋण गरेर उद्योग संचालन गरियो तर कच्चा पदार्थ जति सबै तस्करी भएर गैरहेको छ, नियमक निकायले केहि पनि हेर्दैन फलस्वरूप नेपालमा स्थापित पुनः प्रशोधन उधोगहरू (रिसाइकलिङ फ्याक्ट्री) कच्चापदार्थ को अभावमा बन्द हुने अवस्थामा पुगेका छन्।”

हाल नेपालमा संचालि उद्योगहरुले हजारौं नेपालीहरू लाई रोजगारी दिनुका साथै राज्यलाई कर (राजश्व) बुझाईपनि रहेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्