Skip to content
Shikhar Insurance
National Life

भोलीदेखी देशभर यातायात ठप्प पार्ने व्यवसायीहरुको निर्णय, मुख्य कारण गण्डकी प्रदेश सरकार

Hyundai
NCELL
NIMB

काठमाडौं । यातायात व्यवसायीहरुले भोलीदेखी देशभर सार्वजनिक यातायात सेवा ठप्प पार्ने भएका छन् । गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको व्यापार घट्नेगरी मन्त्रिपरिषदबाट निर्णय गरेको भन्दै आन्दोलन घोषणा गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गरि मिती २०८२/०२/0१ गते गण्डकी प्रदेश राईड शेयरिङ्ग नियमावली २०८२ राजपत्र प्रकाशित गरि निजी सवारी साधनलाई भाडामा संचालन गर्ने गरि नियमावली बनाई कार्यान्वयन गर्न लागेको भन्दै बन्द सुरु गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले देशको संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ बिपरित  काम गरेको आरोप व्यवसायीहरुले लगाएका हुन् ।

पटक-पटक ध्यानकर्षण गराउँदा पनि माग संबोधन नभएको भन्दै व्यवसायीहरुले आन्दोलन गर्न बाध्य भएको व्यवसायी सरोज सिटौलाले बताए । उनले भने, “भोलीदेखि देशभर यातायात ठप्प पार्ने निर्णय गरेका छौं । माग पुरा नभएसम्म आन्दोलन निरन्तर चल्छ ।”

राईडर शेयरिङ्को नाममा निजी प्रयोजनको लागी खरिद गरिएका पुराना १० बर्षे २ पाङ्ग्रे सवारी साधन, १५ बर्ष पुराना निजी ४ पाङ्ग्रे सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्ने गण्डकी प्रदेश राईड शेयरिङ्ग नियमावली २०८२ राजपत्र प्रकाशित गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्