काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सयेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधीको नाममा रहेको २ लाख ४८ हजार ९ सय ३१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय शुक्लागण्डकी ४ दुलेगौँडा तनहुँमा आफुले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन पेश गर्नेसक्नेछन् ।
साथै, तोकिएको समयअवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन पेश नभएका कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृयामा ल्याउने एक सूचनामार्फत जानकारी दिएको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआइएकबी एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्