Shikhar Insurance
National Life

छोटी भन्सार खुलाउन चार अर्थमन्त्री भेटे काम भएन-विनोद चौधरी

सिंहदरबार संवाददाता
२०८१ चैत्र ८, शुक्रबार २१:१३
Hyundai
NCELL
NIMB

परासी । प्रतिष्ठित उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले राजनीतिक दल र सरकारले युवाहरुको आकांक्षा सम्बोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार पश्चिम नवलपरासीको परासीमा नेपाली कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रमा उनले युवाहरुको आवाज सुन्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘८० लाख युवाहरु देश बाहिर छन् । सबैको हात हातमा मोवाइल छ । सामाजिक सञ्जाल सबैको दैनिकी बनेको छ । यो पुस्तामा आशा र आकांक्षाहरु छन्, त्यसको सम्बोधन गर्न जरुरी छ । राजनीतिक दल र सरकारले यी युवाहरुको अपेक्षालाई सम्बोधन गर्न जरुरी छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

पश्चिम नवलपरासीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस केन्द्रीय सदस्य चौधरीले हुलाकी सडक र नारायणगढ बुटवल सडकखण्डको काम छिटो सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले विकास निर्माणका काममा भइरहेको ढिलाइले पनि जनतामा सरकार र राजनीतिक दलप्रति निराशा बढेको दावी गरे ।

सांसद चौधरीले कोरोनाकालमा बन्द भएका छोटी भन्सार खुलाउन आफूले चार वटा अर्थमन्त्रीसँग कुरा गरेपनि कार्यान्वयन हुन नसकेको गुनासो गरे । ‘मेरो व्यक्तिगत सम्बन्ध र राजीतिक सम्बन्धका हिसावले पछिल्ला चार वटा अर्थमन्त्रीसँग भुजहवा छोटी भन्सार खुलाउनेबारे कुराकानी गरे,’ उनले भने, ‘जनार्दन शर्मा, बर्षामान पुन, प्रकाशशरण महत र विष्णु पौडेल चार जना अर्थमन्त्रीलाई छोटी भन्सार खुलाउनेबारे कुरा गरे । सबैले निर्णय पनि गरे । तर कहाँ गएर रोकिन्छ, थाहा छैन । कोरोनाका बेला बन्द भएको यो भन्सार अझै खुलेको छैन । म आफै अचम्ममा छु ।’

GBIME

प्रतिक्रिया दिनुहोस्