काठमाडौं । बीमा क्षेत्रको सर्बोच्च नियामक निकाय नेपाल बीमा प्राधिकरणका चार जना उप निर्देशकहरु निर्देशकमा बढुवा भएका छन् ।
प्राधिकरणको बढुवा समितिले शुक्रबार चार उप निर्देशकलाई निर्देशकमा बढुवा सिफारिस गरेको हो । ध्रुब तिमल्सिना, कुन्दन सापकोटा, साम्बराज लामिछाने र निर्मल अधिकारी निर्देशकमा बढुवाका लागि सिफारिस भएका हुन् ।
प्राधिकरणमा निर्देशककलाई सह-सचीव सरह मानिन्छ ।चार जनाको बढुवासंगै प्राधिकरणमा निर्देशकको संख्या ६ जना पुगेको छ ।
केही दिन अघि मात्रै सुशिलदेव सुवेदी कार्यकारी निर्देशकमा बढुवा सिफारिस भएका थिए ।सरकारले प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया पनि अघि बढाएको छ, जसमा १२ जनाको आवेदन परेको छ । तर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको नेतृत्वमा रहेको छनौट समितिले काम भने अघि बढाएको छैन ।
प्रतिक्रिया दिनुहोस्