Shikhar Insurance
National Life

ऋणपत्र बजारको विकास सम्बन्धी चार दिने कार्यशाला गोष्ठी सुरु

सिंहदरबार संवाददाता
२०८१ माघ २८, सोमबार १८:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) को सहकार्यमा सोमबारदेखि ललितपुरमा ऋणपत्र बजार (बण्ड मार्केट) को विकास सम्बन्धी चार दिने कार्यशाला गोष्ठी सुरू भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा भएका उत्कृष्ट अभ्यासहरूका आधारमा नेपालमा बण्ड मार्केटको विकास तथा विस्तारका लागि आवश्यक छलफलका लागि गोष्ठीको आयोजना गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले समग्र पुँजी बजारको विकासका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने ऋणपत्र बजारको विकास अति आवश्यक रहेको र यसका लागि कार्यक्रम फलदायी रहने विश्वास व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठ तथा आइएफसीका कन्ट्रि म्यानेजर मार्टिन हल्टम्यान बिच साईडलाईन छलफल समेत भएको थियो । छलफलमा बोर्ड अध्यक्षद्वारा नेपालको ऋणपत्र बजार विकासमा आइएफसीले खेलेको भूमिकाका लागि धन्यवाद ज्ञापन गर्दै समग्र पुँजी बजारको विकासका लागि आगामी दिनमा समेत सहकार्य रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोर्डका कर्मचारीहरू, आइएफसीका प्रतिनिधि, विश्व बैंकका वरिष्ठ पुँजी बजार विज्ञहरू सहभागी थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्