Skip to content
Shikhar Insurance
National Life

पूर्वउपराष्ट्रपति पासाङ फर्किए माओवादीको जिम्मेवारीमा, विद्या भण्डारीलाई एमाले अध्यक्ष बन्ने बाटो खुल्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन पासाङ पार्टी राजनीतिमा फर्किएका छन् । नेकपा माओवादी केन्द्रले उनलाई पार्टीको उपाध्यक्ष बनाएको हो । पासाङ दुई कार्यकाल उपराष्ट्रपति

भएका थिए । पूर्वउपराष्ट्रपति पासाङ सक्रिय राजनीतिमा फर्किएसँगै पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पनि सक्रिय राजनीतिमा फर्किन सहज भएको छ । भण्डारीले सक्रिय राजनीतिमा आएर नेकपा(एमाले)को अध्यक्ष बन्दै एक पटक प्रधानमन्त्री बन्ने इच्छा राख्दै आएकी छिन् । उनी यतिबेला एमाले पार्टी पंक्तिलाई रिझाउन देश दौदाहामा छिन् । एमालेको दुई तिहाई करिब हिस्साले भण्डारीलाई सक्रिय राजनीतिमा आउन आग्रह गर्दै आएको छ । भण्डारीको नेतृत्वमा पुन: बाम एकताको तयारी समेत भैरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्