Skip to content
Shikhar Insurance
National Life

बैकर र व्यवसायी छुट्याउने पक्षमा पुर्व सचिव खनाल, ‘एलन मस्कको बैंक छैन नेपाली उद्योगीलाई किन चाहियो’

Hyundai
NCELL
NIMB

अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धि विधेयक (बाफिया) मा छलफल भएको छ ।

पूर्वसचिव रामेश्वर खनालले सम्पतीको अधिकेन्द्रीकरण भएर मात्रै मुलुक समृद्ध नहुने बताएका छन् । समितिमा विज्ञ सदस्यको रुपमा आफ्नो भनाई राख्दै खनालले केही सिमित व्यक्तिले मात्रै कर्जा माथि पहुँच पाउनुपर्छ, केही सीमितले मात्रै वित्तीय सम्पतीको प्रयोग गर्न पाउने र सोही किसिमले कानून बन्न पाउनुपर्छ भन्ने मान्यता आफूले नराख्ने बताएका हुन्।

अहिले बाफियामा गरिएको संशोधनले अहिले अर्थतन्त्रमा खडा भएको चक्रव्युह र जसको कारणले अर्थतन्त्रको अन्तरनिहीत गति रोकिएको छ । यसले मत्थर पार्ने किशिस गर्ने बताए। उनले भने– “सम्पतीको अधिकेन्द्रीकरण भएर मात्रै मुलुक समृद्ध हुँदैन ।  केही सीमित व्यक्तिले मात्रै कर्जा माथि पहुँच पाउनुपर्छ, केही सीमितले मात्रै वित्तीय सम्पतीको प्रयोग गर्न पाउने र सोही किसिमले कानून बन्न पाउनुपर्छ भन्ने मान्यता मैले राख्दैन ।  अहिले बाफियामा गरिएको संशोधनले अहिले अर्थतन्त्रमा खडा भएको चक्रव्युह र जसको कारणले अर्थतन्त्रको अन्तरनिहीत गति रोकिएको छ, यसले मत्थर पार्ने किसिसको छ ।”

उनकाअनुसार उल्लेख्य स्वामित्व भारतमा ५ प्रतिशत भन्दा बढी छ । कतिपय मुलुकमा २ प्रतिशत रहेको छ । २ प्रतिशत उल्लेख्य स्वामित्व गर्दा त्यहाँबाट लिइने लाभहरुको कारणले बैंक तथा वित्तिय संस्थामा समस्या देखिने, कर्जाको सही उपयोग हुन नपाउने, कर्जाको वृद्धिदर जसरी भयो त्यही अनुसार आर्थिक वृद्धिदर भएन भने चिन्ता जाहेर गर्दै २ बाट १ मा सरकारले झार्नु सही नै रहेको छ । यो व्यवस्थाले १ प्रतिशत भन्दा बढी स्वामित्व हुँदा बित्तिकै अरु बैंकबाट कर्जा नपाउने अवस्था रहन्छ, एउटैले धेरै ठाउँबाट कर्जा लिने प्रवृत्ति निरुत्साहित गर्ने खनालले बताए ।

ब्यावसायी र बैंक सञ्चालक अरु देशमा अटोमेटिक छुट्टिने गरेको बताउँदै खनालले बैंकरले बैंक चलाउने र उद्योगीले उद्योग नै चलाउनु राम्रो हुने बताए । खनालले संसारकै अर्बपति इलन मक्सको आफ्नै बैंक नरहेको समेत प्रष्ट पारे ।

समिति बैठकमा  बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले बैंक तथा वित्तीय संस्थाका संचालक बन्नका लागि उमेरहद राखिन नहुने बताए । उनले उमेरमा भन्दा पनि योग्यता, अनुभवलाई हेरिनुपर्ने बताए ।

उनले भने–“बाफियामा उमेरहदर राख्न खोजिएको छ, यो ठिक होइन । सञ्चालकको उमेर हद राखिनुहुँदैन । सञ्चालकको योग्यता हेरिनुपर्छ ।  स्नातक नै गरेको भनेर तोक्न जरुरी छैन  । उसको योग्यता अनुभवलाई राख्न सकिन्छ, कम्तिमा ५–१० वर्ष अनुभव राखियो भने प्रभावकारी हुन्छ ।”

उनले सञ्चालक पदावधि सकिएपछि पुन नियुक्ति हुनसक्ने व्यवस्था राखिनुपर्ने बताउनु भयो । अहिले सञ्चालकको संख्या कम भएको भन्दै बढाउन समेत आग्रह गरे । उनकाअनुसार सञ्चालक समिति सदस्य ७ जना राखिएको छ । अमेरिकामा १३ जनासम्म हुन्छ त्यसैले त्यसलाई बढाउनुपर्ने बताए । विकास बैंक, फाइनान्सको संख्या कम आएका र मर्जर गर्दा निर्देशक बन्न खोज्ने धेरै रहेको र सञ्चालकको संख्या बढी हुँदा उनीहरुलाई व्यवस्थापन गर्न सहज पुग्ने पौडेलले बताए ।

अरु देशमा १३ हुन्छ भने नेपालमा बढी हुँदा केही समस्या नहुने बताउँदै यसमा समितिले आवश्यक निर्णय लिन हिच्किचाउन नहुने उनको भनाइ छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्