काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरिरहेको आरोप लगाएउका हुन् ।
उनले विश्वका धेरै देशहरुमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरेको बताए । उनले राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरु अहिले राजा फर्काउने काममा लागेको भन्दै असन्तुष्टि जनाए ।
उनले भने, ‘विश्वका धेरै देशहरुमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर, सबैभन्दा कठिन र चुनौतिपूर्ण संघर्ष गरेर अढाइ सय वर्ष अघिदेखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्रको अन्त्य गरेका हौँ । त्यो राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरु अहिले राजा फर्काउने भन्दैछन् । जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन् । संविधान बिरोधी, व्यवस्था बिरोधी हर्कत उनीहरुले गरिरहेका छन् । यो अराजकतालाई नियन्त्रण गर्न सरकारले किन सकिरहेको छैन । प्रतिपक्षको कुरा सरकारले किन सुनिरहेका छैन । देश बजेट ल्याउने अवस्थामा आइपुगेको छ । ५० प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन । जसले वंश विना गरे उनैले राजा फर्काउने नाटक मञ्चन गरिरेहका छन् ।’
उनले सरकारले राष्ट्रिय सहमति खोज्नुपर्ने बेलामा पनि सरकारले त्यस्तो हुन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्