काठमाडौं । काठमाडौं महानगरपालिकाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गरेको छ । चैत १५ गते तिनकुने क्षेत्रमा राजावादीहरुले आयोजना गरेको कार्यक्रममा फोहोर मैला, बोट बिरुवामा क्षति तथा महानगरको सम्पती तोडफोड एवं दमकल प्रयोग र त्यसमा क्षती समेत भएको भन्दै महानगरले ज्ञानेन्द्र शाहका नाममा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाएको हो ।
शाहको निजी निवास निर्मल निवासमा महानगरले जरिवानाको पत्र पठाएको हो । नगर प्रहरीका उपरीक्षक दिनेश कुमार अर्यालले पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्