Skip to content
Shikhar Insurance
National Life

बजेटबारे पूर्वअर्थमन्त्री पुनको टिप्पणी- ‘आशा जगाउने खालको छैन, निरन्तरतामा सिमित’

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रश्तुत गरेपछि संसद् भवन परिसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले बजेट नआएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट नियमित बजेटको रूपमा आएको जिकिर गरे । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहनुभएका पुनले गत वर्षको बजेटमा आफूहरूले अर्थतन्त्रका ५ क्षेत्र भनेर उल्लेख गरे पनि अहिलेको बजेटमा क्षेत्र केन्द्रित नभएको बताए ।

उनले गत वर्ष ७ प्रदेशलाई ७ वटा विशेषतामा विकास गर्ने भनिएको स्मरण गर्दै अहिले सो बारे केही उल्लेख नभएको बताए । उनले गत वर्ष स्टार्टअप लगायतका आइसिटी क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै अहिलेको बजेटमा उक्त कुरा छरिएर आएको बताए ।

उनले भने, ‘गत वर्षको बजेटमा हामी अर्थतन्त्रका ५ क्षेत्र भनेका थियौ । अहिले कुन क्षेत्र फोकस हो, त्यो पनि छैन । ७ प्रदेशलाई ७ वटा विशेषतामा विकास गर्ने भनिएको थियो, त्यसबारे केही बोलेको छैन । गत वर्ष गण्डकी आर्थिक त्रिभुज लगायतका अर्थतन्त्रका केन्द्रका चर्चा थियो, यस वर्ष त्यस्ता पनि छैनन् । गत वर्ष स्टार्टअप लगायतका खास गरी आइसिटी क्षेत्रलाई विशेष फोकस गरिएको थियो, अहिले त्यो पनि छरिएर रहेको छ । आशा जगाउने ढङ्गले, अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले भन्दा पनि जस्तो छ, जस्तो छ नियमित रूपमा गरौँ भन्ने खालको नियमित बजेटको रूपमा आएको छ ।’

उनले सरकारले विद्युतीय गाडीको करलाई यथावत राख्नु भने सकारात्मक रहेको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्