काठमाडौं । नेपाल राष्ट्र बैंकका नियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वास्तविक समस्या र चुनौती पहिचान गरी ठोस समाधान दिन गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले स्वागत गरेको छ ।
सीबीफीनका अनुसार नेपालको बैंकिङ इतिहासमा पहिलो पटक सुधारमा केन्द्रित भएर राष्ट्रियस्तरको उपसमिति गठन हुनु ऐतिहासिक उपलब्धि हो । उपसमितिमा केन्द्रीय बैंक बाहिरका प्रतिष्ठित विषयविज्ञ तथा निजी क्षेत्रको अनुभवसमेत समेटिनु विशेष महत्त्वपूर्ण भएको परिसंघले बताएको छ।
गभर्नरले स्थलगत अध्ययन, नीतिको समीक्षा र वित्तीय क्षेत्रको दीर्घकालीन सुधारका लागि अघि सारेका योजना र अभिव्यक्तिले मुलुक आर्थिक तथा बैंकिङ क्षेत्रमा दिगो विकासतर्फ उन्मुख भएको सीबीफीनको विश्वास छ ।
सिबिफिनले उपसमितिको अध्ययन, छलफल तथा संवादमा सक्रिय सहभागिता जनाउँदै खोजमूलक सुझाव पेस गर्न र राष्ट्र बैंकले लिएका दूरगामी योजना कार्यान्वयनमा अभिन्न सहकार्य गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्