काठमाडौं । नेपालको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । राष्ट्र बैंकले आज प्रकाशन गरेको चालु आर्थिक वर्ष ६ महिनासम्मको विवरण अनुसार नेपालको मुद्रास्फीति ५.४१ प्रतिशत रहेको हो ।
आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतल र अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ ।
नेपालको शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ ।
नेपाल सरकारको खर्च ६ खर्ब ६७ अर्ब ६० करोड र राजस्व परिचालन ५ खर्ब ५९ अर्ब ६१ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.२ प्रतिशतले बढेको
छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्