Skip to content
Shikhar Insurance
National Life

विदेशी मुद्रा सञ्चिति १७ अर्ब २७ करोड डलर, १७ महिनाको आयात धान्न पुग्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विदेशी विनिमय सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । रेमिट्यान्स आप्रवाह बढ्दै जादा संचिति बढ्दै गएको हो ।

२०८१ असार मसान्तसम्म यस्तो संचिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । यो अवधिमा कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको छ ।

असार मसान्तमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको मुद्रा संचिति  फागुन मसान्तमा १३.१ प्रतिशतले बढेर १७ अर्ब २७ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा १५.२ प्रतिशतले बढेर २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा ४४.९ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/0८२ को ८ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

समिक्षा अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशतले र अमेरिकी डलरमा ६.९ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.३१० अर्ब ३७ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ । नेपाल सरकारको खर्च रु.८३९ अर्ब ३६ करोड र राजस्व परिचालन रु. ७२० अर्ब ३५ करोड रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.७ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE