एजेन्सी । अष्ट्रेलियाली व्यवसायहरूले २०२२ देखि आफ्नो खाद्यान्नको फोहोर १३ प्रतिशतले घटाएको छ ।
सरकारद्वारा वित्त पोषित संस्था एण्ड फुड वेस्ट अष्ट्रेलियाद्वारा प्रकाशित प्रतिवेदनअनुसार देशका सबैभन्दा ठूला सुपरमार्केटहरू, क्याटररहरू र खाद्य उत्पादकहरूले २०२४ मा संयुक्त रूपमा १० लाख खाद्य फोहोर उत्पादन गरेका थिए ।
यो २०२२ मा ११ लाख ६ हजार टनबाट १३.७ प्रतिशतले कमी हो । यसैबीच पुन: प्रयोग नगरिएको खानाको मात्रा २०२२ मा ३ लाख ९ हजार टनबाट बढेर २०२४ मा ३ लाख १५ हजार टन पुगेको छ ।
प्रतिवेदनले २०२४ मा विक्री नभएको ७६ प्रतिशत खाद्य पदार्थ पुन: प्रयोग गरिएको बताएको छ । २०२२ मा ७३ प्रतिशतबाट बढेको छ । २०३० सम्ममा देशको खाद्य फोहोर आधा घटाउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्