Shikhar Insurance
National Life

खाद्य विभाग र कामपाबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने सहमति

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार १४:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्नका लागि सहकार्य गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । सोमबार विभागको कार्यालयमा महानगरपालिका र विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

महानगरपालिकाको तर्फबाट महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधी न्यौपाने र विभागका तर्फबाट महानिर्देशक सञ्जीवकुमार कर्णले सहमति पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै विभागका महानिर्देशक कर्णले विभागको संरचना ७५३ वटै पालिकामा निर्माण नभइसकेको भन्दै खाद्य स्वच्छता, गुणस्तर कायम गराउने काम तीन तहकै भएको जिकिर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले काठमाडौं महानगरपाकिलासँग आज शुरुवात मात्रै गरिएको र आगामी दिनमा ७५३ वटै पालिकामा पुर्‍याउने लक्ष्य रहेको बताए ।

उनले भने, ‘हामीले एक्लै काम गरेर देशभर ७५३ वटै पालिकामा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको संरचना भइ नसकेको अवस्थामा सम्भव छैन । खाद्य स्वच्छता, गुणस्तर कायम गराउने काम तीन तहकै हो । त्यो ऐनले पनि परिकल्पना गरेको छ । आज शुरुवात मात्रै हो । एउटा मोडलको रुपमा खाद्य स्वच्छता कायम गर्नका लागि, गुणस्तर कायम गर्न महानगरपालिकाले के काम गर्न सकिन्छ भन्ने हिसावले हामी सहमति पत्रमा हस्ताक्षर गरेका हौँ । खाद्य ऐनले पनि स्पष्ट रुपमा खाद्य संस्था गुणस्तर ऐन, २०८१ को दफा २६ को उपदफा ६ मा स्पष्ट रुपमा प्रदेश सरकार तथा स्थानीय तहबाट हुने खाद्य व्यवसायको निरीषण तथा अनुगमनमा सहयोग तथा सहजीकरण गर्ने दायित्व खाद्य प्रविधि गुण नियन्त्रण विभागको हुनेछ भन्ने व्यवस्था छ । त्यसअन्तर्गत नै शुरुवात गरेका छौँ ।’

उनले ७ सय ५३ वटै पालिकासँग यो सहकार्य र सहमति गरेर अघि बढ्ने गरी अघि बढ्ने विश्वास व्यक्त गरे । खाद्य वस्तुहरुको गुणस्तरहरुको बारेमा विभागको अनुभव लामा भएपनि पर्याप्त श्रोत साधनका कमीका कारणले आवश्यक काम गर्न नसकेको उल्लेख गरे ।

उनले खाद्य प्रविधि लगायतका दक्ष प्राविधिकहरु राखेर अनुगमन र नियमन कार्यमा सहयोग गरेको खण्डमा सबै नेपालीहरुको स्वास्थ्यको सुरक्षा हुने दाबी गरे । महानगरपालिकामा खाद्य स्वच्छता र गुणस्तरको रुपमा छुट्टै निकाय राखेर अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिए ।

खाद्य वस्तुहरुको परीक्षण, नियमन, प्रयोगशालाको व्यवस्थापन गर्नसके झनै राम्रो हुने जिकिर गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्